राजनीति

नेकपा एकीकरण कार्यदलभित्रै संकट : गलत रिपोर्टिङ गरेको भन्दै बहुमत सदस्य आक्रोशित

नेकपा एकीकरण कार्यदलभित्रै संकट : गलत रिपोर्टिङ गरेको भन्दै बहुमत सदस्य आक्रोशित

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलमा नेतृत्वलाई गलत रिपोर्टिङ गरेर कार्यदललाई नियोजित रूपमा भंग गर्न खोजेको भन्दै बहुमत सदस्यले आक्रोश पोखेका छन् । कार्यसूचीमा छलफलै नगराई कार्यदल भंग गर्ने गरी सचिवालयबाट यथास्थितिमै प्रतिवेदन बुझाउन निर्देशन आएको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् । 

 

स्थायी समितिले दिएको कार्यादेशअनुसार छलफलका लागि बैठकै नराखी कार्यदल भंग गर्न खोजेको भन्दै उनीहरूले बिहीबार बसेको बैठकमा आपत्ति जनाए । उनीहरूको आक्रोश सचिवालय सदस्यसमेत रहेका कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलप्रति लक्षित थियो । 

 

दुवै नेताले छलफलको कार्यसूचीमा प्रवेश नै नगराई, सहमति र विमतिको अवस्था सिर्जना नगराई केन्द्रीय सचिवालयबाट कार्यदल असफल भएको सन्देश दिने गरी निर्णय गराएको सदस्यहरूको आरोप छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएक हो ।

नेकपा एकीकरण

विशेष