राजनीति

डा. भट्टराई भन्छन्, राजनीतिक शुद्धीकरण र आर्थिक वृद्धिदर सुधारे परिवर्तन सम्भव

डा. भट्टराई भन्छन्, राजनीतिक शुद्धीकरण र आर्थिक वृद्धिदर सुधारे परिवर्तन सम्भव

मेलम्ची । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक शुद्धीकरणसहित आर्थिक वृद्धिदर सुधार्न सकेमा पाँच वर्षभित्र नेपालमा परिवर्तन सम्भव भएको बताएका छन् ।

 

नयाँ शक्ति पार्टी नेपालको जनसंवाद यात्रा-२०७५ अन्तर्गत सिन्धुपाल्चोकको मेलम्चीमा बिहीबार भएको कार्यक्रममा उनले नेपालको विकास नहुनुमा राजनीतिक आडमा भष्ट्राचार मौलाउँदै जानु प्रमुख कारण रहेको बताए । विभिन्न राजनीतिक दलका कार्यकर्ता, उद्योगी, व्यवसायी तथा समाजसेवीको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय कोषाध्यक्ष प्रकाश श्रेष्ठ, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसेलगायतले आफ्नो धारणा राखे । 

 

स्थानीय तहका समस्या र सम्भावना, विकास र समृद्धिको मार्गचित्र, असल राजनीतिज्ञका गुण, संघीयता कार्यान्वयनमा देखापरेका चुनौतीलगायतका विषयमा जनसंवाद कार्यक्रम आयोजना गरिएको नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक भरत अधिकारीले जानकारी दिए । 

डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी

विशेष