इतिहासकै छोटो वैवाहिक सम्बन्ध, तीन मिनटमै डिभोर्स !

एजेन्सी । सुन्दा अचम्म लाग्ने तर घटना यथार्थ । कुवेतमा एक जोडी विवाह गरेको तीन मिनेटमै अलग भएको छ ।यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएको बताइएको छ । अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लने बित्तिकै बेहुलीले डिभोर्स गरेकी समाचार अंग्रेजी समाचार साइट डेली मेललले लेखेको छ ।
अदालतमा जाँदै गर्दा चिप्लिएपछि आफूलाई ‘बेवकुफ’ भन्दै जिस्काएपछि बेहुली रिसले चुर हुँदै न्यायाधीशसँग वैवाहिक सम्झौता खारेज गर्न माग गरेकी हुन् । सामाजिक सञ्जालमा ती पुरुषले महिलाको आत्मसम्मानमा ठेस पुर्याएको भन्दै महिलाको समर्थनमा उत्रिएका छन् ।
डिभोर्स कुवेत