राजनीति

योजनै-योजनाले भरिभराउ प्रधानमन्त्रीको ओलीको गृहनगरमा

योजनै-योजनाले भरिभराउ प्रधानमन्त्रीको ओलीको गृहनगरमा

दमक । झापाका अन्य स्थानीय तहमा विकास निर्माणका गतिला योजना छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा भने अनेकौं योजना केन्द्रित गरिएका छन् । राष्ट्रिय गौरवका योजनासहित नगरस्तरीय योजनामा पनि संघीय सरकारले दमकमा अर्बौंको बजेट विनियोजन गरेको छ । सरकारले दमकमा पौने ३ अर्बको लागतमा भ्यु टावर निर्माणका लागि टेन्डर आहवान गरेको छ ।

 

दमकलाई केन्द्र बनाएर कमल गाउँपालिका र गौरादह नगरपालिकाका २२ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण योजना अघि सारिएको छ । यसका लागि अहिले जग्गाधनीलाई मुआब्जा रकम वितरण भइरहेको छ । प्रधानमन्त्री ओलीले दमकमै विश्वको अग्लो बुद्धमूर्ति निर्माण योजना पनि अघि सारेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार बुद्धमूर्तिका लागि आवश्यक जग्गा व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।

 

नगरको उत्तरी क्षेत्र जंगल भएकाले तीन तहको सरकारको अनुमति हुने गरी जग्गा व्यवस्थापन गर्ने प्रक्रियामा जुटेको नगरपालिकाले जनाएको छ । दमकले मन्त्रालयगत बजेटमा पनि विशेष प्राथमिकता पाउने गरेको छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

केपी शर्मा ओली झापा

विशेष