विचित्र विश्व

यी हुन् संसारकै सबैभन्दा साना शिशु

यी हुन् संसारकै सबैभन्दा साना शिशु

एजेन्सी । सामान्यतया तपाईं हामीले धेरै अनौठ किसिमका शिशुहरू जन्मेको देख्ने/सुन्ने गरेका छौँ। तर, जापानको राजधानी टोकियोमा संसारकै सबैभन्दा साना शिशुको जन्म भएको छ। जन्मदा यी शिशुको साइज एउटा प्याज दाना बराबर रहेको थियो। उनी जुनसुकै व्यक्तिको मुठ्ठीमा अटाउन सक्थे।

 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका समाचारमा जनाइएअनुसार टोकियोको कियो युनिभर्सिटीको अस्पतालमा जन्मिएका यी बालकको जन्मदाको अवस्थाको तौल २६८ ग्राम थियो। यो बच्चाको जम्म प्रिमेच्योर बेबीको रूपमा केबल २४ हफ्तामा भएको थियो।

 

गर्भावस्थाका क्रममा बच्चाको वृद्धिविकास हुन बन्द भएको थियो। चिकित्सका अनुसार बच्चाको वृद्धिविकास नहुँदा बच्चाको मृत्यु हुने सम्भावना उच्च थियो। त्यसैले बच्चालाई समयभन्दा पहिला नै शल्यक्रियाका माध्यमबाट जन्म गराइएको थियो। जापान टाइमका अनुसार डाक्टरहरू बच्चाको स्वासप्रस्वास र न्युट्रिशनलाई ध्यानमा राखेर पाँच महिनासम्म अस्पतालको इन्टेन्सिव केयर नर्सरीमा राखेर रेखदेख गरेका थिए।

 

पाँच महिनाको रेखदेखपछि बच्चाको तौल ३.३२ किलोग्राम पुगे थियो। त्यसपछि बच्चालाई डिस्चार्ज गरिएको थियो। खुसीको खबर यो छ कि अहिले उक्त बच्चा पूर्णरूपमा स्वस्थ रहेको छ।

विश्वकै सानो शिशु

विशेष