राजनीति

सरकारले सुख र समृद्धिको नारा लगाएर जनतामाथि महङ्गी, भ्रष्ट्राचार र अत्याचार थोपर्यो : देउवा 

सरकारले सुख र समृद्धिको नारा लगाएर जनतामाथि महङ्गी, भ्रष्ट्राचार र अत्याचार थोपर्यो : देउवा 

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारबाट जनताले दुःख मात्रै पाएको बताएका छन्। धौलागिरीको जिल्ला भ्रमणमा निस्किएका सभापति देउवाले जलजला गाउँपालिका ४ मोहनचोकमा निर्माण भएको नेपाली कांग्रेस जलजला गाउँपालिकाको कार्यालय भवनको उद्घाटन तथा मोहनबहादुर मल्ल स्मृति भवनको शिलान्यास गर्दै यस्तो बताएका हुन्। 

 

 

सभापति देउवाले कम्युनिष्ट सरकारले सुख र समृद्धिको नारा लगाएर जनतामाथि महङ्गी, भ्रष्ट्राचार र अत्याचार थोपरेको आरोप पनि लगाए। उनले काँग्रेस एक भएर अघि बढ्नुपर्ने भन्दै कम्युनिष्ट सरकारसँग जनताहरु अत्तालिइसकेको बताए । देशको समृद्धि काँग्रेसकै नेतृत्वमा सम्पन्न हुने उनको भनाइ थियो । 

 


कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसको नीति, नेतृत्व, कार्यकर्ताहरुको समर्पण र योगदानका कारण आजपनि काँग्रेस बलियो भएको उल्लेख गरे। 
 

विशेष