सिकेलाई एक वर्षमा राष्ट्रियसभा सदस्य बनाइने, त्यसपछि मन्त्री !
काठमाडौं । सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको छ । लामो समयदेखि अलग्गै स्वतन्त्र मधेस अजेन्डा बनाएर आन्दोलन गर्दै आएका राउतलाई राष्ट्रियसभा सदस्य बनाउने गोप्य सहमति भएको स्रोतको दावी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आग्रहमा मुलुक विखण्डनको अजेण्डा छाडेर मूलधारको राजनीतिमा आएका राउतलाई दुई वर्षभित्र राष्ट्रियसभा सदस्य बनाउने भित्री सहमति भएको प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।
स्रोतकाअनुसार राउतमा भएको बौद्धिक क्षमता देश हितमा लगाउन आग्रह गरेका थिए । राउतलाई यसअघि पनि राष्ट्रिय सभामा लैजाने प्रयास भएको थियो । त्यो बेला सम्भव भएन । अब राजनीतिक सहमति भएपछि उहाँलाई राष्ट्रियसभा सदस्य बनाउने बाटो खुलेको छ –प्रधानमन्त्रीनिकट स्रोतले भनेको छ ।
प्रधानमन्त्री ओली आवश्यक परे राउतलाई मन्त्री बनाउन पनि तयार रहेको स्रोतका भनाइ छ ।
यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।