देश राजनीति

को–को हुन् सत्तापक्षभित्रकै प्रतिपक्षी नेता?

को–को हुन् सत्तापक्षभित्रकै प्रतिपक्षी नेता?

काठमाडौं । असन्तुष्टि जनाउँदै सत्तापक्षकै नेताहरु प्रतिपक्षीको भूमिकामा देखिएका छन् । सत्तापक्षका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई यस्तो भूमिकामा देखिएका हुन् । पार्टी स्थायी कमिटी सदस्य रावलले युनिभर्सल पिस फेडेरेसन (युपिएस) को आयोजनामा सम्पन्न एसिया प्यासिफिक समिटमा सरकार र पार्टी नेताहरुको सहभागिताप्रति असन्तुष्टि प्रकट गरेका थिए ।

 

त्यस्तै पार्टी स्थायी कमिटी सदस्य भट्टराई दिगम्बर झाको नियुक्ति, मुस्लिम आयोगका अध्यक्षमा प्रस्तावित समीम मियाँ अन्सारी नियुक्ति प्रकरणमा पनि असन्तुष्ट देखिएका थिए । उनको भूमिका सत्तापक्षको नभई प्रतिपक्षको जस्तो छ ।रावलले ‘होली वाइन’ ग्रहणदेखि सिके राउतसँगको सम्झौतालाइइ निरन्तर विरोध गरिरहेका छन् । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमलाई लिएर सरकार र नेताहरुको आलोचना गरेका थिए । यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

प्रतिपक्षी भीम रावल योगेश भट्टराई घनश्याम भुसाल सुरेन्द्र पाण्डे

विशेष