नेकपामा गृहमन्त्री थापाको छुट्टै गुट, एक्लै पार्टी राजनीतिको निर्णय पोजिसन पुगेपछि तानातान

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा नेकपाभित्र ‘तानातान’ परेका छन्। पार्टीमा विभिन्न गुटमध्ये ३४ केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा पार्न सफल गृहमन्त्री थापा सरकारमा मात्र होइन, पार्टी राजनीतिमा पनि निर्णायक देखिएका छन्।
पार्टीको सांगठनिक एकता प्रक्रियामा अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच गुटगत प्रतिस्पर्धा चलिरहँदा उनी कतै खुलेका थिएनन्। तर, सचिवालय बैठकमा थापा एक्लै भए पनि ‘निर्णायक’ पोजिसनमा छन्। त्यसैले थापा तानातानमा परेका छन्। नेकपा सचिवलायभित्र वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको एउटा गुट छ।
अध्यक्ष ओली, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलको अलग्गै गुट छ। दुई गुट देखापरेपछि थापा एक्लै भए पनि निर्णायक देखिएका हुन्। अर्का अध्यक्ष प्रचण्ड ओली तथा नेपाल दुवै समूहसँग समदूरी सम्बन्धमा देखिए पनि भित्री रुपमा उनी नेपाल पक्षसँग नजिकिन चालेका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।
रामबहादुर थापा बादल नेकपा