आतंक मच्चाउने बिप्लवसंग सरकारले वार्ता नगर्ने : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र विस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने नेत्रबिक्रम चन्द बिप्लव समूहसँग वार्ता नगर्ने स्पष्ट पारेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न आएको टोलीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको प्रतिक्रिया दिए ।
प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्यूनिस्टका नाममा घिनलाग्दो काम गरिरहेको बताउँदै कम्यूनिस्टले त युवाहरुलाई कर्मठ र कर्मशिल हुन सिकाउनु पर्ने धारणा राखे ।