राजनीति

बन्दुक बोकाउने अर्बपति, बन्दुक बोक्ने नोकर : कमल थापा

बन्दुक बोकाउने अर्बपति, बन्दुक बोक्ने नोकर : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले गणतन्त्र आएकै कारण मुलुकमा विखण्डनको आवाज उठेको आरोप लगाएका छन् ।

शुक्रबार राजधानी मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा  आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सरकार र सिके राउतबीचको समहतिबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए । राणा शासन, पञ्चायतको समयमा पनि मुलुक विखण्डनको कुरा नउठेको तर गणतन्त्र आएको १२ वर्ष यता नेतृत्वको असफलताका कारण सिके राउतले बोल्ने हिम्मत पाएको जीकिर गरे ।

जनतालाई देशको मालिक बनाउछु भनेका नेताहरुले मुलुकका युवाहरुलाई अरबमा रगत पसिना बगाउने दास बनाएको आरोप लगाए । अध्यक्ष थापाले भने,"हिजो जनयुद्धको बेला बन्दुक बोकाउनेहरु, आन्दोलनमा टायर बाल्न तथा ढुङ्गा फाल्न लगाउनेहरु आज लखपति होइन, करोडपति पनि होइन अरबपति भएका छन् । तर बन्दुक बोक्नेहरुबो जीवन अन्योलमा छ ।"

मुलुकमा भ्रष्टाचार व्यापक रुपमा बढेको भन्दै उनले एनसेल कर छली, बाइड बडी विमान खरिदमा अनियमतिता तथा ३८ किलो सुन काण्डका अभियुक्तलाई सजाय दिएर देखाउन प्रधानमन्त्री ओलीलाई चेतावनी दिए । भाषणले मात्र नपुग्ने भन्दै उनले भ्रष्टाचार रोकेर जनताको जयजयकार पाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

कमल थापा राप्रपा भ्रष्टाचार गणतन्त्र

विशेष