सरकारको कार्यशैलीप्रति वरिष्ठ नेता पौडेलको चित्त दुखाइ
कपिलवस्तु : राष्ट्र विखण्डनको नारा बोकेर हिँडेका सिके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लव नेतृत्वको माओवादीलाई आतंककारीको बिल्ला भिराउने वर्तमान सरकारको कार्यशैलीप्रति आफूलाई पटक्कै चित्त नबुझेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।
नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाको बाणगंगा नगरपालिकामा आयोजना गरेको कार्यकर्ता भेलालाई वरिष्ठ नेता पौडेलले सिके राउतले राष्ट्र विखण्डनको नारालाई जनमत संग्रहमार्फत सिद्ध गर्ने भन्दै अझै हिँड्ने गरेका कारण सरकार सिके राउतसँग नराम्ररी चुकेको बताए ।
उनले विप्लव नेतृत्वको माओवादीलाई पनि प्रतिबन्ध लगाउनुको साटो वार्ता र संवादका माध्ययमबाट सहमतिको आधार खोज्न सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’लाई आग्रह गरे। सो अवसरमा पार्टी नेताहरू डा रामशरण महत, दीपकुमार उपाध्याय लगायतले सङ्गठन सुदृढीकरणको विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराए।
रामचन्द्र पौडेल