शान्तिपूर्ण संवादको विकल्प छैन, विप्लव हिंसा त्याग : कांग्रेस
काठमाडौं। हरेक खाले विमतिको समाधान वार्तामार्फत समाधान गर्नुपर्नेमा नेपाली कांग्रेसले जोड दिएको छ । शनिवार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत कांग्रेसको धारणा सार्वजनिक गरेको हो ।
शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको प्रगति हुने मान्यता कांग्रेसको रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा उठाउने कार्य छाडेर शान्तिपूर्ण राजनीतिमा आउन कांग्रेसले अपिल गरेको छ ।
पार्टीका नेताहरुले विभिन्न स्थानमा दिएको अभिव्यक्तिकोसमेत चर्चा गरिएको विज्ञप्तिमार्फत विद्रोही शक्तिसँग आवेगमुक्त भइ पहल गर्न सत्तारुढ नेकपालाई आग्रह गरेको छ ।