राजनीति

सीके राउतको मुखबाट ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली’

सीके राउतको मुखबाट ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली’

लहान। सीके राउतले नेतृत्व गरेको ‘स्वतन्त्र मधेस गठबन्धन’ र सरकारबीच ११ बुँदे सहमतिपछि मधेश झरेका औपचारिक राजनीतिक क्रियाकलापमा सक्रिय भएका छन् ।

राउतले मुलुकको अखण्डता नमानेको टिप्पणी भइरहेको बेला गठबन्धनको राष्ट्रिय परिषद बैठक लहानमा सुरु भएको छ। बैठकको सुरुवातमा रातो साडीचोलोमा सजिएका पञ्चकन्या सँगसँगै सहभागीहरुले राष्ट्रिय गान गाएर सुरु गरेका छन् । आइतवार दिउँसोबाट आरम्भ भएको बैठक सोमबार सकिनेछ । बैठकमा सहभागी हुन सदस्यहरुले अनिवार्य नेपाली नागरिकता देखाउनुपर्ने बैठकमा सहभागी एक सदस्यले बताए ।

दुई दिन चल्ने बैठकले भावी रणनीति तय गर्नेछ । बैठकबाट समुहको नाम फेर्ने, दल दर्ता गर्ने र भावी रणनीति सैद्धान्तिक रुपमा टुंग्याउने बुझिएको छ । 

विशेष