राजपाले अवरोध गर्दा संसद बैठक स्थगित
काठमाडौं। गिरीशचन्द्र लालको अध्यक्षतामा गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदहरुले संसद अवरुद्ध गरेका छन् ।
आइतबार दिउँसो बसेको बैठकमा छ महिने मधेश आन्दोलनमा कहाँ के भयो भन्ने कुरा उल्लेख रहेको भन्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुञ्जले संसद अवरुद्ध राख्ने राजपा सांसद लक्ष्मणलाल कर्णले संसदलाई जानकारी गराए । जनताले अनुमोदन गरेको रेशम चौधरीलाई जेल हाल्नु दुर्भाग्य पूर्ण रहेको भन्दै कर्णले उक्त प्रतिवदेन सार्वजनिक भए वास्तविक दोषी पनि भेटिने बताए ।