देश राजनीति

विप्लवका नेतालाई आजीवन कैद हुन सक्ने

विप्लवका नेतालाई आजीवन कैद हुन सक्ने

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि पक्राउ परेका नेता तथा कार्यकर्तालाई राज्यविरुद्धको अपराध मुद्दामा कानूनी कारबाही सुरु भएको छ । राज्यविरुद्धको अपराधका मुद्दामा आजिवन कैद सजाय हुन सक्ने फौजदारी अपराध संहिता ऐनमा उल्लेख छ । 

 

शुक्रबार पक्राउ परेका पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जिवन्त’लाई प्रहरीले राज्यविरुद्धको अपराध मुद्दामा कारबाही अघि बढाएको हो । उनलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राख्न म्याद दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

 

विप्लवका नेतामाथि पहिलो पटक राज्यविरुद्धको अपराध चलेको हो । यसअघि बिष्फोट तथा ज्यान मुद्दा चलेको थियो । काठमाडौं परिसरका एक अधिकारीले सरकारले प्रतिबन्ध लगाएपछि गृह मन्त्रालयकै निर्दशेनमा राज्यविरुद्धको कसुर मुद्दा चलाएको बताए । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

विप्लव आजीवन कैद

विशेष