राजनीति

जनप्रतिनिधि र सुरक्षाकर्मीलाई ‘लाठी लिएर लगार्ने’ विप्लव समूहको उद्घोष

जनप्रतिनिधि र सुरक्षाकर्मीलाई ‘लाठी लिएर लगार्ने’ विप्लव समूहको उद्घोष

काभ्रे । नेकपा माओवादी विप्लव समूहको आपराधिक कृयाकलापपछि सरकारले प्रतिवन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई गाउँमा प्रतिवन्ध लगाउँदै ‘लाठी लिएर लगार्ने’ उद्घोष विप्लव समूहले गरेको छ ।

 

विप्लव समूहका सबै नेता कार्यकर्ता भूमिगत भएका छन् । ‘हामीलाई सरकारले राजनीतिक रुपमा प्रतिवन्ध लगाउने निर्णय गरेकाले हामीले दलका नेताहरूलाई प्रतिबन्ध लगाउँछौ’–नेकपा माओवादी विप्लव समूहका नेता रेशम नेपालीले भने।

 

फोन सम्पर्कमा आएका नेता नेपालीले जनताकालागि बलिदानी दिन सरकारले आफ्नो पार्टीका गतिविधिलाई प्रतिवन्ध लगाएकाले अन्य दलका गतिविधिहरूलाई प्रतिबन्ध लगाउने बताए । ‘हामी छलफलकै क्रममा छौं, जिल्लाको सांगठनिक अभियान सदृढ बनाउँदै विकास निर्माणमा समेत सहयोग पुर्‍याउने छौं’–जिल्ला नेता नेपालीले भने–‘जनताको भावना विपरित काम गर्नेलाई कारवाही गर्छौ ।’

 

नेता नेपालीले कस्तो कारवाही भने खुलाउन चाहानु भएन । पार्टी नीति बन्दै गएका तत्काल के गर्ने निर्णय नभएको बताउँदै उक्त समुहले ग्रामिण भेगमा रहेका सरकारी प्रतिनिधिलाई खेद्ने रणनीति अख्तियार गरेको दावीस् गरेको छ । यो समाचार आजको समाचार पत्र दैनिकबाट लिइएको हो ।

नेत्रविक्रम चन्द

विशेष