भिडियो ओटोमोबाइल

उत्कृष्ट सुजुकी डिजायर [भिडियो]

उत्कृष्ट सुजुकी डिजायर [भिडियो]

प्यासेन्जर सेग्मेन्टमा उत्कृष्ट कार उत्पादन गर्दै आएको मारुती सुजुकीले पछिल्लो समय बजारमा नयाँ उत्कृष्ट डिजायर प्रदान गरेको छ । डिजायर नयाँ पुस्ताको उत्कृष्ट सेडान कार हो । कम्पनीले पहिलेको डिजायरलाई परिमार्जन गर्दै परिष्कृत शैलीमा १२ सय सिसी इन्जिन क्षमतामा नयाँ डिजायर उत्पादन गरेको हो ।

 

आकर्षक लुक्स, उत्कृष्ट पावर, पिकअप र पर्फमेन्समा आएको डिजायर आजको प्रतिस्पर्धी बजारमा अब्बल मानिएको छ । भारतीय बजारमा निकै रुचाइएको कारहरू मध्येको एक डिजायर बजार विस्तारका हिसाबले १० उत्कृष्टभित्र पर्छ । त्यसो त डिजायर नेपालमा समेत निकै रुचाइएको कार हो ।

 

सन् २०१७ मा नेपाल भित्रिएको डिजायर वर्तमान  पुस्ताको पहिलो रोजाइ बनेको छ । उत्कृष्ट कारमा सेडान चाहनेहरूका लागि डिजायर उपयुक्त विकल्पसमेत बनेको छ । हाल नेपाली बजारमा डिजायरका भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस गरी तीन भेरियन्ट उपलब्ध छन् । जसमा आज हामी तपाईंहरूलाई जेडएक्सआई प्लसको जानकारी दिन्छौँ ।

 

डिजायर जेडएक्सआई प्लस एथेन्टिक कम्प्याक्ट सेडान कार हो । जुन क्लासिक एलिजेन्ट बोल्ड प्रिमियम लुक्स तथा डिजाइनमा आएको छ । त्यसो त यो पहिलेको डिजायरकै परिमार्जित रूप हो ।


 


विशेषता

डिजायरको अगाडिको भागमा फराकिलो लेमिनेटेड सिसा राखिएको छ । यसले ड्राइभमा सडकको दृश्य सफा देख्न र ड्राइभ आनन्ददायी बनाउन मद्दत गर्छ । डिजायरमा एलइडी प्रोजेक्टेड हेड ल्याम्पसहित सिग्नेचर डिआरएल (डे रनिङ ल्याम्प) र क्लियर भिजनको फक ल्याम्पको प्रयोग गरिएएको छ । जसले ५०० मिटरसम्मको दूरीमा लाइट फाल्न सक्छ । रातको समय र कुइरो तुवाँलो लागेको मौसममा समेत यो निकै उपयोगी रहन्छ । 

 

यसका अलावा डिजायरमा रिअर भ्यू क्यामेरा, पार्किङ सेन्सर, साइड ट्रन भ्यू इन्डिकेटर, एप्पल कार प्ले सिस्टम, जिपिएस ट्रयाकिङ सिष्टम, अगाडि-पछाडि दुबैतर्फ एसी भेन्टस् लगायतका फिचर्सहरू उपलब्ध छन् । कारको अग्रभागमा मल्टी इन्फर्मेसन डिस्प्ले उपलब्ध छ, जसबाट गाडीको साउण्ड सिष्टमदेखि क्लाइमेट कन्ट्रोल, ब्लुटुथ कनेक्टिभिटी लगायतका सुविधा उपभोग गर्न सकिन्छ ।

 

डिजायरमा पहिलो पटक नेविगेसन बोडमा काठको प्रयोग गरिएको छ । जसले कारको फिनिसिङ लुक्सलाई अझ अब्बल बनाएको छ । कम्पनीले ड्यास बोर्डमा मात्र होइन ढोकामासमेत काठकै फिनिसिङ दिएको छ । यसले कारको आकर्षण अझ बढाएको छ ।

 

पर्फमेन्स

विशेषत कम्प्याक्ट सेडान कारको रूपमा उत्पादन गरिएको डिजायर लुक्स, पावर पर्फमेन्स र सुरक्षा सबै दृष्टिकोणले उत्कृष्ट रहेको छ । १२ सय सिसी इन्जिन क्षमतामा उपलब्ध यो कारले ६ हजार आरपिएममा अधिकतम ८३ पिएस अर्थात् ६१ किलोवाटको पावर प्रदान गर्छ ।

त्यस्तै, ४ हजार २ सयको आरपिएममा अधिकतम एक सय १३ एनएमको टक्र्यु उत्सर्जन गर्छ । कारमा ४ सिलिण्डरसहितको भिभिटी इन्जिनको प्रयोग गरिएको छ ।

 

डिजायरमा प्रिसिसन कट डुअल टोनयुक्त अलो ह्वीलको प्रयोग गरिएको छ । जसमा एक सय ६३ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स रहेको छ । जुन सेडान भइकन पनि नेपाली सडक सुहाउँदो छ ।

 

सुरक्षा

कुनैपनि कार वा सवारी साधनको पहिलो विषय बन्ने गर्छ सुरक्षाको सवाल । लक्जरी कार डिजायरको उत्पादनमा पनि कम्पनीले सुरक्षाको विषयलाई निकै सावधानीपूर्वक ध्यान दिइएको छ ।

 

जसमा कम्पनीले हियरटिट प्लाटफममा निर्माण गरेको कारको च्यासिसमा ठाउँ ठाउँमा ब्रेक पोइन्टहरू राखेको छ । जसले कार दुर्घटनामा पर्दा सबै क्षेत्रमा प्रभाव पर्न दिँदैन । र यात्रुलाई सुरक्षित राख्न मद्दत गर्छ ।

 

त्यस्तै कारमा डुअल यअर व्याग उपलब्ध छ । यसका अलावा डिजायरमा मजबुत मेटल बडी, एबिएस सहितको इबिडी ब्रेकिङ सिष्टमलगायत सुरक्षाका थुप्रै फिचर्सहरू समाहित छन् ।

 

डिजायर बाहिर हेर्दा जति आकर्षक र मनमोहक लाग्छ यसको भित्री पाटो पनि उत्तिकै मजबुत छ । ५ सिट क्षमतामा उपलब्ध डिजायरमा पर्याप्त स्पेससहित आरामदायी सिटको प्रयोग गरिएको छ । जसमा बालमैत्री सिटसमेत उपलब्ध छ । 

आवश्यकताअनुसार पछाडिको सिटमा बेबी सिटसमेत जोड्न सकिन्छ । कम्पनीले डिजायरमा पछाडिको सिटमा आम रेस्टको विकल्पसमेत दिएको छ । साथसाथै कारमा अगाडि–पछाडि दुबै तर्फ मोबाइल चार्जिङ पोइन्ट राखेको छ भने सेल फोन होल्डरको समेत व्यवस्था गरेको छ ।

 

साइज तथा सुविधा

पहिलेको डिजायरको तुलनामा प्रिमियम लाग्ने नयाँ डिजायर साईजमा समेत भिन्न प्रस्तुत गरिएको छ । यसको लम्बाई ३ हजार ९ सय ९५ एमएमको रहेको छ भने, चौडाई र उचाई क्रमशः एक हजार ७ सय ३५ र एक हजार ५ सय १५ एमएमको रहेको छ ।

 

कुल एक हजार ३ सय १५ किलोग्राम तौल रहेको डिजायरमा ३७ लिटरको पेट्रोल ट्यांकी प्रदान गरिएको छ भने ३ सय ७८ लिटरको फराकिलो बुट स्पेस वा लगेज स्पेस प्रदान गरिएको छ । यसले लामो यात्रामा सामान राखेर जान निकै सहजता मिल्छ ।

 

हाल नेपाली बजारमा तीन भेरियन्टमा उपलब्ध डिजायर अक्सफोर्ट ब्लु, ग्यालेन्ट रेड, सेर्रउड ब्राउन, म्याग्मा ग्रे, सिल्की सिल्भर र पर्ल आर्टिक ह्वाइट गरी ६ कलरमा उपलब्ध छ । 

 

भेरियन्टका हिसाबले सुजुकी डिजायरको मूल्य ३२ लाख ४९ हजार देखि ३८ लाख ९९ हजार रुपियाँसम्म रहेको छ । जसमा जेडएक्सआई प्लसको मूल्य ३८ लाख ९९ हजार हो ।

 

यदि तपाईंहरू पनि यस्तै गाडीको खोजीमा हुनुहुन्छ वा सुजुकी डिजायर जस्तै कारको खोजीमा हुनुहुन्छ भने निम्न ठेगानामा संपर्क गर्न सक्नुहुनेछ ।


 


काठमाडौं

थापाथली शोरुम ४२२६७२२, ४२२९०९९, झम्सिखेल  ५५४७१६५, ५५४७१६६, बालकुमारी ५५३२४१९, ९८०१२५६६७७५, बनेपा  ९८५१०५७२६८,  भक्तपुर  ९८५१२०७०१०,  बौद्ध  ९८५१०९५३०९, कलंकी  ९८०११९००९०,  महारजगञ्ज  ९८५११७९५५३,  नक्साल  ४४४४२०१,  नयाँ बजार  ९८०३२३८८७६

 

काठमाडौं बाहिरका शोरुमहरू....

बागलुङ  ९८५६०३०८३६, भैरहवा  ९८५७०३०१२१, विराटनगर  ९८०२७११०५, वीरगञ्ज  ९८०६८०११७५, बिर्तामोड  ९८०२६७८१४४, बुटवल  ९८४७०६८६७८, डडेलधुरा  ९८५१०९०४३२, दमक  ९८५२६७६३२७, दमौली  ९८५६०३६९०६, दाङ  ९८५७८३०६१४, धनगढी  ९८०१७२२२३९, हेटौँडा  ९८४१७७१६६४, इटहरी  ९८५२६७९१८८, जनकपुर  ९८४४०५५०७२, कपिलवस्तु  ९८५७०६१६०६, कावासोती  ९८०८१८८९६६, लहान  ९८०१५००७५०, महेन्द्रनगर  ९८४९१०३१५८, नारायणगढ  ९८५५०५३३५६, नेपालगञ्ज  ९८५८०२५५६७, पोखरा  ९८५६०२०१६९, सुर्खेत  ९८४८२८७४३८, वालिङ  ९८५६०२४७९५ मा सम्पर्क राख्न सकिने छ ।

मारुती सुजुकी डिजायर

विशेष