अमेरिकामा प्रचण्डविरुद्ध उजुरी
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकामा उजुरी दर्ता गरिएको छ ।
पत्नी सिता दाहालको उपचारका लागि अमेरिकामै रहेको बेला उनीविरुद्ध मुद्दा हालिएको हो । केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले बाल्टीमोरस्थित संघीय व्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै नेकपा अध्यक्ष प्रचण्डविरुद्ध उजुरी हालेका हुन् ।