यस्तो छ अमेरिकामा प्रचण्डविरुद्ध दर्ता गरिएको उजुरी (तस्वीरसहित)
काठमाडौं। आज दिउँसो एउटा विषय सार्वजनिक भयो । विषय हो अमेरिकामा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उजुरी दर्ता हुनु ।
पत्नी सिता दाहालको उपचारका लागि अमेरिकामै रहेको बेला उनीविरुद्ध केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले बाल्टीमोरस्थित संघीय व्युरोमा उजुरी दर्ता गराइएको हो । युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै नेकपा अध्यक्ष प्रचण्डविरुद्ध हालिएको उजुरी यस्तो छ । अमेरिकाबाट हामीले यो उजुुरीको तस्वीर प्राप्त गरेका हौँ ।