रंगमा रंगिएका नेता (फोटो फिचरसहित)
काठमाडौं । होलीको रंगमा नेताहरु रंगिएका छन् । सार्वजनिक विदा रंग दलेर रमाइलो गरिरहेका तस्वीर सामाजिक सञ्जालमा पोष्ट भएका छन् । होलीलाई माध्यम बनाएर आफ्ना घर पुगेका कार्यकर्ता, परिवार सदस्य र सार्वजनिक समारोहमा नेताहरुको उपस्थिति देखिन्छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो आवासमा आएका कार्यकर्ता, कर्मचारी र परिवारका सदस्यलाई अविर दलिदिएका छन् ।
काँग्रेस महामन्त्री डा. सशांक कोइरालाले निवास टोखामा भव्य होली कार्यक्रम आयोजना गरेका छन् । काँग्रेसका नेता कार्यकर्ता होली खेल्न कोइराला निवास पुगेका छन् । काँग्रेस नेतृ सुजाता कोइरालाले विराटनगरस्थित जीपी कोइराला फाउण्डेशनको कार्यालय हातामा होलीको विशेष कार्यक्रम गरिन ।
कार्यक्रममा प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलगायत काँग्रेसका नेता कार्यकर्ताको सहभागिता छ । तर सय मिटरको दूरीमा राजनीतिक तीर्थका रुपमा रहेको कोइराला निवास सुनसान छ । यसैगरी प्रदेश प्रमुख तुम्बाहाङ र मुख्यमन्त्री राईले आफ्नो निवास र कार्यालयमा होली कार्यक्रम गरेका छन् ।
कांग्रेसका नेता प्रकाशमान सिंहले पनि आफ्नै घरमा अरु नेताहरु बोलाएर होली खेलेका छन् । क्षेत्रपाटीस्थित निवासमा प्रकाशमानले होली खेलेको तस्बीर सामाजिक सञ्जालमा राखेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी सदस्य योगेश भट्टराईले पनि होली मनाएको तस्वीर सार्वजनिक गरेका छन् । कलाकारहरु सधैं भैंm सञ्चार गृहले गर्ने प्रत्यक्ष प्रसारणमा सहभागी भएर आफ्नो प्रस्तुति दिइरहेका छन् ।