राजनीति

हिंसा छोडे मात्र विप्लवसँग वार्ता गर्ने सरकारको नीति

हिंसा छोडे मात्र विप्लवसँग वार्ता गर्ने सरकारको नीति

काठमाडौं। नेकपा विप्लव समुहसँग वार्ता गर्न तयार रहेको सरकारले स्पष्ट पारेको छ । तर सँगसँगै सरकारले आफ्नो शर्त पनि राखेको छ ।

 

विप्लव समुहले हतियार छाडेपछि मात्र सरकारले वार्ता गर्ने सरकारका प्रवक्ता गोकुल बाँस्कोटा बताएका हुन् । सदाझैँ यस विहिबार पनि पछिल्ला मन्त्रिपरिषद बैठकहरुका निर्णय सुनाउन संचारकर्मीहरुसँग साक्षात्कार गरेका मन्त्री बाँस्कोटाले सरकारी नीति स्पष्ट पारेका हुन् । औपचारिक रुपमा विप्लव समुहले हिंसा छोड्नुपर्ने उनको भनाई थियो ।

विशेष