रोजगार

प्रहरीलाई दुई तहको संरचनामा समायोजन गर्ने तयारी

प्रहरीलाई दुई तहको संरचनामा समायोजन गर्ने तयारी

काठमाडौं । सरकारले ७० हजार हाराहारी नेपाल प्रहरीलाई दुई तहको संरचनामा समायोजन गर्ने तयारी गरेको छ। निजामती सेवाका कर्मचारीको तीन तहमा समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेका वेला सरकारले प्रहरीको समायोजन प्रक्रिया अघि बढाउन लागेको हो।

 

प्रहरी कर्मचारीहरू संघ सरकारमातहत रहने नेपाल प्रहरी तथा प्रदेश सरकारमातहत रहने नेपाल प्रहरी तथा प्रदेश सरकारमातत रहने प्रदेशमा समायोजन हुनेछन्। गृह मन्त्रालयले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराइसकेको छ।

 

संसदबाट उक्त विधेयक पारित समायोजन सुरु हुनेछ। समायोजनपूर्व नेपाल प्रहरी र प्रदेश प्रहरीको सांगठनिक संरचना कस्तो हुने, केन्द्र र प्रदेशपिच्छे प्रहरीको दरबन्दी कति आवश्यक पर्ने भन्ने यकिन गरिनेछ। केन्द्र तथा प्रदेश प्रहरीको संगठन संरचना तथा दरबन्दी नेपाल सरकारले निर्धारण गर्नेछ। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

नेपाल प्रहरी समायोजन

विशेष