राजनीति

परिवार दलको ‘राष्ट्र जागरण अभियान’ शुरु, १७० ले गरे पार्टी प्रवेश  

परिवार दलको ‘राष्ट्र जागरण अभियान’ शुरु, १७० ले गरे पार्टी प्रवेश  

धनगडी । नेपाल परिवार दलले राष्ट्रिय जागरण अभियान २०७५ को औपचारिक सुरुवात गरेको छ ।

 

सुदुरपश्चिम प्रदेशको राजधानी धनगडीमा आयोजित बिशेष कार्यक्रमलाइ सम्बोधन गर्दै दलका अध्यक्ष एकनाथ ढकालले शान्ति र बिकासको लागि सकारात्मक माहोल बनाउन राष्ट्र जागरण अभियान संचालन गरेको बताए । पूर्वमन्त्रीसमेत रहेका ढकालले राष्ट्रिय एकता, तिब्र विकास, संविधानको प्रभावकारी कार्यान्वयन,असल संस्कार, सुशासन, श्रमको सम्मान, समानता तथा पारिवारिक मूल्य मान्यताको जगेर्ना गर्न राष्ट्र जागरण अभियानले सहयोग गर्ने उल्लेख गरे । 

 

अध्यक्ष ढकालले सार्बजनिक सोच, जबाफदेहिता, अनुशासन र राष्ट्रिय प्रतिभाको विकासमा पनि जागरण अभियान सहयोगी हुने भन्दै बाताबरणको संरक्षण र साधन श्रोतको सहि परिचालनमा सरकारको प्राथमिकता हुनु पर्ने बताए । 

 

ढकालले गिटी, बालुवा, सिमेन्ट, रडको रुपमा छरियर रहेका शक्तिहरुलाई एकताबद्ध बनाएर राष्ट्र निर्माणमा सहभागी बनाउनु पर्ने बताउदै अहिले वर्तमान व्यबस्थाको विकल्प खोज्ने बेला भइनसकेको स्पष्ट पारे । उनले संबिधानसभा द्वारा जारी संबिधानको कार्यान्वयनबाट नै समुन्नत नेपाल निर्माण सम्भव रहेको पनि जिकिर गरे । 

 

कार्यक्रममा स्वतन्त्र व्यक्तिहरु तथा विभिन्न पार्टी परित्याग गरि १७० जनाले परिवार दलमा प्रवेश गरेका थिए । त्यसैगरी परिवार दलले सुदुरपश्चिम प्रदेशको कार्यबाहक संयोजकमा कैलालीका खडक नागरी र बिद्धार्थी संयोजकमा बैतडीका राम भट्टलाई जिम्मेवारी दिइएको छ । दलको कैलाली जिल्ला समन्वयन समितिका अध्यक्ष खडक नागरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदुरपश्चिम परिवार दलका बिद्धार्थी संयोजक राम भट्ट, परिवार दल कैलालीको सल्लाहकार अमृत बिकले मन्तब्य राखेका थिए । 
 

विशेष