अर्थ शेयर राजनीति

जनताको जलविद्युत कार्यक्रम : प्रधानमन्त्री ओलीले दिए १० हजार कित्ता शेयर खरिदका लागि आवेदन

जनताको जलविद्युत कार्यक्रम : प्रधानमन्त्री ओलीले दिए १० हजार कित्ता शेयर खरिदका लागि आवेदन

काठमाडौं । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत त्रिशूली ३ 'बी' जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले शेयरको लागि पहिलो आवेदन दिएर यस आयोजनाको लागि शेयर आवेदन शुभारम्भ गरेका छन्। उनले १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिएर आयोजनाको शुभारम्भ गरेका हुन्।

साथै प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधीका शाक्यले पनि १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिएकी छन्। उनीहरूले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारबाट अनलाइनमार्फत शेयर आवेदन दिएका हुन्।

 

त्यसैगरी, ऊर्जा मन्त्री वर्षमान पुनले पनि एक हजार कित्ता शेयरका लागि आवेदन दिएका छन् भने उनकी धर्मपत्नी ओनसरी घर्ती मगरले २ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिएकी छन्।

 

शेयर खरिदका लागि प्रधानमन्त्री ओलीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा मंगलबार नै डिम्याट खाता खोलेका थिए। त्यस्तै, वर्षमान पुनले पनि ग्लोबल आइएमइमा डिम्याट खाता खोलेका थिए।

केपी शर्मा ओली जनताको जलविद्युत कार्यक्रम

विशेष