राजनीति

अंगिकृत नागरिकता समस्या समाधान गर्न उपसमिति

अंगिकृत नागरिकता समस्या समाधान गर्न उपसमिति

राष्ट्रिय सहमति जुटाएर मात्र अंगिकृत नागरिकतासम्बन्धी समस्या समाधान गरिने भएको छ ।

 

सिंहदरबारस्थित संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले अंगिकृत नागरिकता सम्बन्धी उत्पन्न विवाद तथा समस्या समाधानका निम्ति ९ सदस्यीय उपसमिति गठन गरेको छ ।

 

समितिमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सदस्यहरुमार्फत राष्ट्रिय सहमति जुटाएर अंगिकृत नागरिकतासम्बन्धी समस्या समाधान गर्ने सहमति जुटेको हो । यो विषयमा छलफल गर्दा बढी समय लाग्ने र निचोड निस्किन पनि ढिलाई हुने बताउदै सभापति शशी श्रेष्ठले नागरिकता ऐन बनाउनका लागि समितिकै सदस्यबाट छानेर उपसमिति गठन गरेकी हुन् ।

 

उपसमिति सदस्यहरुमा नेकपाका विजय सुब्बा, यशोदा सुवेदी, नवराज सिलवाल, लक्ष्मी चौधरी, नेपाली कांग्रेसका मीना पाण्डे, देवेन्द्रराज कँडेल, संघीय समाजवादी फोरमका रामसहाय प्रसाद यादव, राजपाका राजकिशोर यादव तथा नेमकिपाका प्रेम सुवाल रहेका छन् । 

संघीय संसद राज्य व्यवस्था तथा सुशासन समिति अंगिकृत नागरिकता

विशेष