राजनीति

जनतालाई सुखी बनाउनु एक मात्र लक्ष्य : उपप्रधानमन्त्री पोखरेल

जनतालाई सुखी बनाउनु एक मात्र लक्ष्य : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले जनतालाई सुखी बनाउने तथा मुलुकलाई समृद्ध बनाउने सरकारको योजना सफल बनाउन सबै तहको जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

शुक्रबार मदन भण्डारी फाउन्डेसको कार्यक्रमलाई काठमाडौंमा संबोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले संघ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्ने जीकिर गरे । मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सबैमा आह्वान गर्दै उनले संविधानको मर्मअनुसार अघि बढनका लागि आवश्यक कानुन र संरचना निर्माणको कामलाई तीव्रता दिइरहेको दोहोर्याए ।

विशेष