शिक्षामन्त्री पोखरेल पाटन अस्पताल भर्ना

काठमाडौं : शिक्षामन्त्री गिरिराजमणि पोखरेल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
शिक्षा मन्त्रीको सचिवालयका अनुसार मन्त्री पोखरेल फुड प्वाइजन भएपछि बिहीबार साँझ पाटन अस्पताल भर्ना भएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी जाँचका लागि भरोसा अस्पताल पुगेकोमा चिकित्सकले अस्पतालमा भर्ना गरेर उपचार गर्न सल्लाह दिएपछि पोखरेल पाटन अस्पताल गएका हुन् ।
मन्त्री पोखरेललाई डा पारस आचार्यको टोलीले उपचार गरिरहेको र उनको अवस्था सुधारोन्मुख रहेको शिक्षामन्त्रीका सचिवालयका विनोद न्यौपानेले जानकारी दिए ।
गिरिराजमणि पोखरेल अस्पताल भर्ना