विप्लव समुहमाथिको प्रतिबन्ध हटाउनुपर्छ : वरिष्ठ नेता पौडेल
सिन्धुली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समुहमाथिको प्रतिबन्ध गलत भएको टिप्पणी गरेका छन् ।
नेपाल प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सरकारले विप्लव समुहमाथिको प्रतिबन्धबारे पुनर्विचार गर्न माग गरे । कुनै पनि समूहलाई दबावमा राख्न खोजे मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्ने उनको भनाई छ ।
नेता पौडेलको यो अभिव्यक्ति प्रतिवन्धबारे आएको कांग्रेस तेस्रो फरक मत हो । सुरुमा प्रतिबन्ध सहि हो भन्दै कांग्रेस सभापतिले विराटनगरमा धारणा राखे । लगत्तै फरक अर्थमा कांग्रेसले विप्लवलाई वार्तामा आउन आग्रह गरे । आज भने प्रतिवन्ध हटाउनुपर्ने धारणा आएको हो ।