राजतन्त्र फर्काउछू भनेर धेरै नबोल, जनताको तर्फबाट सचेत गर्दछु: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रतिगमनतर्फ जान सक्ने बताएका छन् ।
संघीय संसद प्रतिनिधिसभाको तेस्रो अधिवेशनको समापन बैठकलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको बलिदान र रगतबाट प्राप्त गणतन्त्र कसैको हल्लाको भरमा संकटमा पर्न नसक्ने जीकिर गरे । चित र पट खेलेर आउने विषय नरहेको भन्दै राजतन्त्र फर्काउछु भन्नेको सपना पुरा हुन नसक्ने बताए । जनताको तर्फबाट सचेत गराउदैछु भन्दै प्रधानमन्त्री ओलीले राजतन्त्र ल्याउछु भनेर नबोल्न चेतावनी दिए ।
दुई तिहाईको सरकार अधिनायकवादी भयो भनेर लाग्ने आरोपको खण्डन गर्दै उनले संघीय लोकतन्त्र गणतन्त्र इमान्दारीका साथ कार्यान्वयन गर्ने बताए ।लोकतन्त्रको रक्षा गर्नु आफ्नो कर्तव्य भएको बताउदै उनले दुई तिहाईको सरकारले यसको रक्षा गर्ने जीकिर गरे ।
केपी शर्मा ओली