राजनीति

सिंगो मुलुक एकताको पक्षमा छ: प्रधानमन्त्री ओली

सिंगो मुलुक एकताको पक्षमा छ: प्रधानमन्त्री ओली

 

काठमाडौं। मुलुकमा विखण्डनवादी विचार संगठनको अन्त्य गर्न सरकार सफल भएको संसदलाई जानकारी गराईएको छ ।

 

संघीय संसद प्रतिनिधिसभाको तेस्रो अधिवेशनको समापन बैठकलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउत नेतृत्वको स्तन्त्र मधेश गठबन्धनसँग सरकारले गरेको सम्झौताबारे जानकारी दिएका छन् । पृथकतावादी र विखण्डनवादी समुहलाई मुलधारमा ल्याउन सकिएकोमा मुलुकले खुशी मनाउनुपर्ने जीकिर गरे । कुनै समय आफ्नै झण्डा, आफ्नै गान, आफ्नै नाम हुनेले आज "सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली" गानबाट बैठक सुरु गर्दै विखण्डनवादको अन्त्य गरेको उनले बताए । उनले सिंगो मुलुक एकताको पक्षमा रहेको संदेश दिएको बताए ।

 

सम्झौतामा लेखिएको जनअभिमत शब्दको अर्थ जनताको अभिमत अनुसार भनिएको स्पष्ट पार्दै प्रधानमन्त्री ओली जनमतसंग्रहबारे कुप्रचार नगर्न आग्रह गरे । सार्वभौमसत्ता. स्वाधीनता र भौलोगिक अखण्डताको सम्बन्धमा जनमतसंग्रह किमार्थ सम्भव नरहेको प्रष्ट पारे । प्रधानमन्त्री ओलीले भने,"सम्झौता गरेर राष्टघात भयो भन्नेहरुलाई म भन्न चाहन्छु । यसले राष्ट्रघात भएको होइन, राष्ट्रघात हुने संभावना समाप्त भएको हो । कोही आतिनुपर्दैन् ।"

केपी शर्मा ओली

विशेष