जो कोहीले भ्रष्टाचार गरे पनि नछोड्ने प्रधानमन्त्री ओलीको चेतावनी
काठमाडौं। देश र सरकार आफ्नो जिम्मेवारी पुरा गर्न हरेक खाले चुनौति सामना गर्न सक्षम रहेको जीकिर गरेका छन् ।
संघीय संसद प्रतिनिधिसभाको तेस्रो अधिवेशनको समापन बैठकलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ संविधान जारी भई त्यसको अधिनमा रही तीनै तहको सरकार गठन भएको र मुलुक नयाँ अभ्यासमा प्रवेश गरेको स्मरण गरे । उनले सरकार र सदनको एक वर्ष आधार वर्ष रहेको र त्यस काममा सरकार र सदन सफल भएको जीकिर गरे । प्रधानमन्त्री ओलीले मुलुकको अबको बाटो के हुने भन्ने विषयमा सरकार एक वर्ष गतिशील भएर लागेको र मुलुकको लक्ष्य समृद्धि रहेको स्पष्ट पारे ।
समाजमा भ्रष्टाचार रहेको र सरकार त्यसको उनमुलन गर्न सक्रिय रहेको उनले सदनलाई जानकारी गराए । उनले भ्रष्टाचारका काण्ड र अपराध रोक्न तथा जो कोही दोषी भेटिए कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यो वर्ष इतिहासकै सबैभन्दा करिब ८ सय किलोमिटर बाटो कालोपत्रे भएको बताउदै प्रधानमन्त्रीले ओलीले निराश नहुन आग्रह गरे ।