राजनीति

पढ्नूस्, यी कृषिमन्त्रीले कसरी किसानलाई थाङ्नामा सुताएका छन्

पढ्नूस्, यी कृषिमन्त्रीले कसरी किसानलाई थाङ्नामा सुताएका छन्

हाम्रा किसानलाई कतिसम्म हतोत्साही गरिन्छ ? यसको जवाफ हुन्, कृषि, भूमि तथा सहकारीमन्त्री चक्रपाणि खनाल उर्फ बलदेव । कृषि क्षेत्रलाई समृद्ध बनाउने भन्दै ५८ बुँदे मार्गचित्र ल्याउँछन्, तर पूरै हावादरी । 

 

कतिसम्म भने किसानले जमिन बाँझो राखे पाता कस्छु भन्दै थर्काउँछन् । किसान किन यसो गर्न बाध्य छन्, भन्ने अन्तर्यमा यी कुनै  बेलाका लडाकू मन्त्री प्रवेश गर्नै चाहँदैनन् । सरकारले नीतिगत सुधार गर्ने हो भने दूधमा आत्मनिर्भर हुन सकिन्छ तर त्यसो हुन नदिन विदेशी कम्पनीलाई भित्र्याउन भइरहेको किसानमारा खेलमा मौन बसिदिन्छन् । बन्दागोभी फलिरहेको खेतमा किसान किन डोजर दौडाउन बाध्य छन् ? यिनीले सामान्य सोधखोज पनि गर्दैनन् । राजमार्गमा किन गोलभेँडा फालिरहन्छन् किसान ? यिनलाई पर्वाह छैन । मिल्क होलिडे के किसानले रहरले गर्छन्, यिनलाई चासो छैन । किसान कोटामा आफैँ विदेश सयर गर्न चासो राख्छन् यी कमरेड । समृद्धिको स्वर यिनै किसानमाराको ठूलो । सरकार ! सुनेको हो ? यो खबर आजको नेपाल साप्ताहिकबाट लिइएको हो ।
 

चक्रपाणि खनाल

विशेष