ऊर्जा मन्त्री अस्पतालबाट डिस्चार्ज

काठमाडौं । स्वास्थ्यमा सुधार भएपछि ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । बिहीबार अचानक अस्वस्थ भएपछि उनी उपचारार्थ नर्भिक अस्पताल भर्ना भएका थिए। उनका स्वकीय सचिव दुर्गा चापागाईंका अनुसार मन्त्री पुनको स्वास्थ्यमा सुधार आएकाले शनिबार बिहान घर फिर्ता भएका हुन् ।
उनको उपचारमा चिकित्सकहरू यादव भट्ट, मधु घिमिरे र युवराज शर्मा संलग्न थिए । मन्त्री पुन अस्पताल भर्ना भएको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै उक्त अस्पताल पुगेर स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए। यस्तै शुक्रबार पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई लगायतका नेताहरूले मन्त्री पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए।
मन्त्री वर्षमान पुन डिस्चार्ज