राजनीति

कांग्रेसको उर्दी "कसैले पार्टीविरुद्ध गतिविध गरे उजुरी गर्नुस"

कांग्रेसको उर्दी "कसैले पार्टीविरुद्ध गतिविध गरे उजुरी गर्नुस"

काठमाडौं। "के कसैले पार्टीको हित विपरीत कुनै गतिविधि गरेको छ ? या कसैले पार्टीको नीति विपरीत काम गरेको छ ? यदि छ भन्ने चैत महिनाभित्र उजुरी दिनुस् ।" यो हो नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको आग्रह ।

मङ्गलबार बसेको समितिको बैठकले त्यस्ता उजुरी गर्न सबै तहको कार्यकर्त तथा अन्य समितिहरुलाई आव्हान गरेको छ । त्यस्ता उजुरीहरु चैत महिनाभित्रै आइसक्नुपर्ने समितिका एक जना सदस्यले बताए ।

प्रमाणसहित उजुरी आए त्यस्ता कार्यकर्तालाई छानबीनको दायरामा ल्याई कारबाही गरिने समितिको निर्णय छ । बैठकले केन्द्रीय अनुशासन समितिको कार्यविधि २०७५ पारित गरेको छ। गत चैत ४ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले भीष्मराज आङ्देम्बेको नेतृत्वमा अनुशासन समिति गठन गरेको थियो ।

विशेष