राप्रपा अध्यक्ष थापाद्वारा १९ पदाधिकारी मनोनित

काठमाडौं। रिक्त १९ पदमा पार्टीको विधान अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पदाधिकारी मनोनित गरेका छन् ।
अध्यक्ष थापाले दुई वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र राजीव पराजुली तथा उपाध्यक्षमा प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरण बहादुर गुरुङ, रोशन कार्की, भीमप्रसाद गौचन र महेशलाल महासेठलाई मनोनित गरेका छन् । मनोनित पदाधिकारीहरुको सुची यस किसिमको रहेको छ ।