भिडियो राजनीति

देउवा पौडेलहरुबाट पार लागेन, गुटमा नलाग्नेहरुको भविश्य भएन (भिडियोसहित)

देउवा पौडेलहरुबाट पार लागेन, गुटमा नलाग्नेहरुको भविश्य भएन (भिडियोसहित)

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रश्न छ, ‘ मलाई हेरेर कोही युवा कांग्रेसमा लाग्नुपर्ने कारण के छ ? ’

 


बिद्यार्थी कालदेखि नै लोकप्रिय रहेका घिमिरे कांग्रेसमा इमान्दार, नैतिकवान र बफादार नेताका रुपमा परिचित छन् । जताततै इमानदारिता र नैतिकताको खडेरी परेकाबेला उनी जस्ता नेताहरु पार्टीमा मात्र होइन मुलुकमै प्रतिष्ठित ठाउँमा हुनुपर्ने हो । पार्टीमा उच्च मुल्याङ्कन हुनुपर्ने हो, तर स्थिति ठीक बिपरित छ । 

 


नेता घिमिरेको सो भनाइमा ठूलो पीडा झल्किन्छ । नेताको गुलामी गर्न उनको स्वाभिमानले दिंदैन । पार्टी, जनता र देशका लागि पुर्याएको योगदान कसैले देख्दैन । सभापति शेरबहादुर देउवा मात्र होइन वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पार्टीमा प्रभाव जमाएका प्रायः सबै नेताहरु गुटमै रमाएका छन् । आफनो भक्तिगान गर्नेहरुलाई नै पटक–पटक मौका दिन्छन् । यसले आफू जस्ता सयौं कार्यकर्ता मर्कामा परेको र राजनीतिक भविश्य नै अनिश्चित भएको उनको गुनासो छ । 

 

">
विवाद नगरौं, मुलुक बचाउँ

 


कांग्रेसमा निर्वाचनको पराजय, महासमिति बैठकका निर्णय, केन्द्रीय समितिको बहुमतको निर्णय लगायतका बिषयलाई लिएर जिल्ला सभापतिहरु र केही केन्द्रीय नेताहरु उत्तेजित हुन आवश्यक छैन । 

 


बिगतमा जे भयो, भयो । नेतृत्वको कमजोरीले कांग्रेस सांगठानिक र बैचारिक हिसाबमा कमजोर हुन पुग्यो । यसको जिम्मा नेतृत्वमा बस्ने सभापति, वरिष्ठ नेता लगायत सबैले लिनुपर्छ । तर, सधैं एउटै बिषयमा रुमल्लिएर कहिं पुगिदैन । यसकारण आपसमा विवाद नगरी, बिशाल छाती बनाएर एकबद्ध भएर अघि बढ्न जरुरी छ । 

 


केही केन्द्रीय नेताहरुले जिल्ला सभापतिहरुलाई उचालेकोमा घिमिरेको आपत्ति छ । उनी भन्छन्, ‘ विशेष महाधिवेशनको कुरा गरेर एकले अर्कोलाई उचाल्ने, पछार्ने खेल अब नखेलौं । एकताको सन्देश दिएर भीमकाय नेकपा र नेकपाको सरकारका अलोकतान्त्रिक गतिविधिसंग लडौं । ’
जे पायो त्यही किन बोल्ने ?

 


राष्ट्रिय मुद्दाहरुमा पार्टीका नेताहरुले आफू खुशी बोल्दा अन्योल सृजना भएको छ । सभापतिका कुरा एकथरीका, महामन्त्रीका अर्को थरीका, वरिष्ठ नेताका अर्कै, महत, सिंह, सिटौला सबैका आ–आफनै बिचार । कांग्रेसको आधिकारिक धारणा के हो ? 

 


नेता घिमिरे भन्छन्, ‘ खास मुद्दामा खास बिचार बनाएर सबैलाई त्यही अनुसार चल्न निर्देशन दिनुपर्यो । अहिले त अस्तव्यस्त छ । ’

 


संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र ?

 


कांग्रेसमा संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्पको बिषयमा एकथरी नेताहरुले चर्चा चलाएको घिमिरे स्वीकार गर्छन् । मुलुकको राजनीतिक प्रणाली र नेताहरुको नालायकीपनका कारण निराश भएर एकथरीले यो भन्दा त राजा वा सेना नै ठीक भन्न थालेको उनको बिश्लेषण छ । 

 


यस्तै, मुलुकमा अस्थिरता मच्चाउन चाहनेहरु र द्वन्द्वको खेती गर्न चाहने तत्वहरुले पनि गणतन्त्र र संघीयताका बिरुद्धमा जनमत सृजना गर्न अभियान चलाएका छन् । कांग्रेस आफैले संविधान जारी गरेकाले अहिले नै यी बिषयमा विकल्प खोज्न जरुरी नभएको उनको भनाइ छ । 

 

">
सीकेको रणनीतिक चाल, बिप्लव प्रतिबन्धले अनिष्ट

 


नेता घिमिरेले बर्तमान ओली सरकारले बिखण्डनवादी सीके राउतसंग ११ बुँदे सम्झौता गरेर स्वतन्त्र मधेस गठवन्धनलाई बैधता दिएका छन् । राउतले नयाँ पार्टी खोलेपनि उनको रणनीतिक चाल हुनसक्ने घिमिरेको शंका छ । 

 


सम्झौतापछि राउतले देखाएका क्रियाकलापले पनि उनी राजनीतिक मुल धारमा आएको भन्न नसकिने घिमिरेको राय छ । यस्तै, सरकारले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर ठूलो गल्ती गरेको छ । ‘यसले मुलुकमा अनिष्टको संकेत गरेको छ । ’ घिमिरे बताउँछन् ।

"> 

नेपाली काँग्रेस गुरुराज घिमिरे

विशेष