राप्रपाद्वारा जनसंघर्ष परिचालन समिति गठन, तामाङ बने कमान्डर
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोल प्रभावकारी बनाउन समिति गठन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई आन्दोलनको कमान्डर बनाएको छ भने ठुलो जनसंघर्ष परिचालन समिति गठन गरेको हो । पार्टी अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दिपक बोहोरा र बालाराम घर्तीमगर सल्लाहकार रहेको समितिमा महामन्त्री भास्कर भद्रालाई सदस्य सचिब बनाइएको छ ।
समितिमा पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, प्रदेश कार्य समितिको अध्यक्ष, विभागीय प्रमुखहरु, भातृ संगठनका प्रमुखहरु तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका अध्यक्षहरु सदस्य रहेका छन् ।
बैठकमा बोल्दै अध्यक्ष कमल थापाले जनसंघर्षका कार्यक्रमलाई सफल बनाउन पार्टीका सबै तहलाई सक्रिय हुन निर्देशन दिएका छन् । राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, स्वाधिन र समृद्ध नेपाल निर्माणको निमित्त राजनैतिक दलहरुले दलिय स्वार्थभन्दा माथि उठेर सोच्नु पर्ने समय आएको अध्यक्ष थापाले वताए ।