तीन तोला सुन र एक कठ्ठा जमिन भएका प्रचण्ड के बोकेर अमेरिका गए ? (भिडियाे सहित)
देशमा विप्लवले गरिरहेको क्रियाकलापले फेरि पनि नेपालको राजनीति ०५२ सालतिरको द्वन्द्वमा फर्किने हो कि भन्ने टिप्पणी भइरहेका छन् । सामाजिक द्वन्द्वलाई सदाका लागि निमिट्यान्न्न पार्न नसकेपनि यसलाई न्यूनिकरण गर्नुपर्ने बताउँछन्– प्रा. डा.सुरेन्द्र केसी । न्यूनिकरणका लागि राज्यले जनताको मन जित्ने र परिवर्तनको छनक जनताले पाउनेगरी आचार, विचार, जवाफदेहिता, राइट मेन राइट प्लेस, दण्ड र सजाय जस्ता माध्यम अपनाउनुपर्ने उनको विचार छ ।
त्यो नभएको अवस्थामा सामाजिक अन्तरविरोध पनि रहिरहने र गन्तव्यहीनताले त्यो गतिरोधलाई नै बढावा दिने उनको तर्क छ । केही जमातले भित्र भित्र विप्लवलाई किन प्रतिबन्ध लगाउने भनेर भनेको हल्ला बाहिरिएका छन् ? उनले भने, ‘यो सुन्दा मलाई के झझल्को आउँछ भने, यही कुरा माओवादीको हकमा पनि ०५२ सालमा भएको हो । किनभने माओवादीले बहुविवाह गर्ने माथि कारवाहीका साथै भ्रष्टाचार विरुद्धको आवाज सघन रुपमा उठाइरहेको थियो । ५२ कै जस्तो परिणाम आउँछ भनेर ठ्याक्क भनिहाल्न सकिदैन । इतिहास त्यही रुपमा दोहोरिएला भनेर भन्न गाह्रो हुन्छ ।’
०५२ साल र अहिलेको ०७५ सालमा धेरै फरक नभएको उनको टिप्पणी छ । खाडी जाने लाइन अझै रोकिएको छैन । समाज चल्ने आफ्नौ प्रक्रिया छ । त्यो प्रक्रियालाई ठीक विधिद्वारा व्यवस्थापन गर्न सकियो भने भोलिको दिनमा यस्ता कार्य निषेध पनि गर्न सकिने उनले बताए ।
जनताको जीवनस्तर अझै माथि नलाग्दा नेताहरूको जीवन भने विलाशीपूर्ण भएको भन्दै उनले प्रश्न गरे, ‘तीन तोला सुन र एक कठ्ठा जमिन मात्र भएको भन्ने प्रचण्ड के लिएर ओबामाको देश गए ? नेपालमा साक्षर दर अझै ६९ प्रतिशत छ । मेडिकल शिक्षामा नेपालीको संख्या जम्मा ५ प्रतिशत छ । यसो भएपसिछ यिनले विकल्प त खोजिहाल्छन् ।’
कम्युनिजम नराम्रो व्यवस्था होइन । तर अभ्यास गर्ने क्रममा त्यो नराम्रो हुन्छ भनेर भन्न सकिदैन । विश्वमा भ्रष्ट मुलुकमा कम्युनिजम नै छन । साम्राज्यवाद भनिने मुलुक अमेरिकामा भ्रष्टाचार एकदमै न्यून छ ।
भारतमा चुनावी माहोल छ । भाजपा फेरि दोहोरियो भने नेपाल हिन्दू राष्ट्र हुन्छ भनेर धेरै राजनीतिक पण्डितहरूले अड्कल काटिरहेका छन् । भाजपा जित्दैमा नेपाल हिन्दू राष्ट्र हुने कुरा तर्क र ठोस आधार नभएको डा.केसीको बुझाइ छ । उनले भने, ‘हाम्रा मान्छे कुनै न कुनैलाई अढेस लगाएरमात्रै विचार दिने र बोल्ने गर्दा रहेछन् । यदि त्यो हुने हो भने हिन्दुको जाज्वल्यमान नरेन्द्र मोदी प्रधानमन्त्री हुँदा नेपाल धर्म निरपेक्ष किन भयो ?’
नेपालमा भइरहेको धर्मान्तरणबारे तथ्यसकित उनले तर्क प्रस्तुत गरेका छन् । विश्वमा अहिले सबैभन्दा बढी जनसंख्या इसाइको छ । जुन ३१ प्रतिशत पुगेको छ । हिन्दूको संख्या जम्मा १४ प्रतिशत छ । अबको २०५० साल सम्ममा विश्वमा इशाइको धर्मान्तरण ५१ प्रतिशत हुन्छ भने नेपालमा पनि अबको एक वर्षमा ईसाइको संख्या दश प्रतिशत हुने उनले बताए । यसको कारण बताउँदै उनले भने, ‘किनभने धर्मान्तरणको प्रक्रिया भारत र चीनमा तीब्र छ ।’
भारतमा धर्मान्तरणको प्रक्रिया ७० प्रतिशतले दलितबाट हुने गरेको उनले बताए । नेपालमा पनि ६५ प्रतिशत दलितबाट हुन्छ । सबै कुरा इसाइलाई मात्र गाली गरेर नहुने भन्दै उनले भने, ‘दलितलाई पछाडि राख्नुको कारण यस्तो भएको हो । दलितलाई घरभित्र नछिराउने अनि धर्मान्तरण भयो भनेर टाउकोमा हात लगाउने ?’
. डा.सुरेन्द्र केसी