पत्रकार साथीहरु, मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको हो? : प्रम ओली
विराटनगर । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरुलाई मुलुकमा द्वन्द्व फिजाउन खोजेको आरोप लगाएका छन् ।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा प्रधानमन्त्री ओलीले पत्रकारले अदालत तथा सरकार एवम तीनै तहको सरकारबीच द्वन्द्व पैदा गरेको आरोप लगाउदै सचेत गराएका छन् । पत्रकारले मुलुक विकास तथा सामाजिक समानताका लागि रच्नात्मक भुमिका खेल्नुपर्ने बताउदै प्रधानमन्त्री ओलीले यथार्थ समाचार मात्र सम्प्रेषण गर्न आग्रह गरे ।
काठमाडौंमा सम्पन्न लगानी सम्मेलन पूर्ण रुपमा सफल भएको र मुलुकमा लगानी हुने स्पष्ट रहँदा पनि मुलुकको प्रगति नचाहनेले अनावश्यक कुप्रचार गरेको उनले आरोप लगाए ।