राजनीति

पूर्वराजा बुधबार जनकपुर जाने

पूर्वराजा बुधबार जनकपुर जाने

काठमाडौं । तराईका विभिन्न जिल्ला भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार जनकपुर जाने भएका छन् । 

 

हाल झापामा रहेका पूर्वराजा सडकमार्ग भएर जनकपुर पुग्ने कार्यक्रम तय भएको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले जानकारी दिए । जनकपुरस्थित सीता सदनमा उनी केही दिन बस्ने कार्यक्रम छ ।  यसपटकको जिल्ला भ्रमणमा पूर्वराजा शाहले सर्लाही, महोत्तरी, उदयपुरको पनि भ्रमण गर्दैछन् । 

 

शिव सेनाले पूर्वराजाको भ्रमण सफल बनाउन आफ्नो पार्टी पंक्तिलाई निर्देशन पनि दिएको छ । केही दिनको जिल्ला भ्रमणपछि पूर्वराजा काठमाडौं फर्किने कार्यक्रम छ । 

 

यसपटक सिक्कीम पनि जाने 
फागुन अन्तिम साता पूर्वराजा छिमेकी मुलुक भारतको सिक्कीम प्रान्त भ्रमणमा निस्कन लागेको खबर पनि सार्वजनिक भएको छ । सिक्कीममा करिब एक महिना बसोबास गरेर चैतको अन्तिमतिर मात्रै स्वदेश फर्किने बुझिएको छ । प्राप्त जानकारीअनुसार पूर्वराजा सपरिवार सिक्कीम जाने छन् भने उनी चैत २६ मा काठमाडौं फर्किनेछन् । भ्रमणमा छोरा पारस, बुहारी हिमानी, नातिनीहरु र पत्नी कोमलसमेत रहने बुझिएको छ । 

 

शिव सेनाको  निर्णय आउन अझै दुई दिन 

राजसंस्था र हिन्दुराष्ट्रपक्षधर शिव सेना नेपालको दुई दिने केन्द्रीय समितिको बैठक शनिबार र आइतबारसम्म सञ्चालन भएर सम्पन्न भएको छ । केन्द्रीय समितिले गरेको निर्णयलाई कार्यसम्पादन समितिले अनुमोदन गरेलगत्तै सार्वजनिक गरिने अध्यक्ष बस्नेतले जानकारी दिएका छन् । यसपटकको केन्द्रीय समितिले पार्टीलाईं सशक्त आन्दोलनमा जान पार्टी नेतृत्वलाई अनुमति दिएको छ । 

 

शिवरात्रि हर्षोल्लासपूर्वक

यसपटकको महाशिवरात्रि हिन्दुवादी संगठन शिव सेना नेपालले हर्षोल्लासपूर्वक मनाएको छ । पशुपति क्षेत्रमा बाजागाजासहित भगवान पशुपतिनाथको पूराआराधना गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । 

पूर्वराजा

विशेष