राजनीति

प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

प्रतिनिधिसभाले पुर्व सांसद तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारी प्रति शोक प्रस्ताव पारित गरेको छ । 

 

मंगलबार बसेको बसेको प्रतिनिधिसभा बैठकले स्वर्गीय अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको हो । पुर्व अर्थमन्त्री समेत रहेका अधिकारी नेकपा एमालेको तर्फबाट २०४८, २०५१  र २०५६ सालकोप्रतिनिधिसभा,२०६३ सालको पुनस्र्थापित प्रतिनिधिसभामा मोरङ्ग जिल्लाबाट निर्वाचित सदस्य र २०७० सालको संविधानसभामा समानुपातिक सदस्य थिए ।

 

उनी २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि गठन भएको संविधान सुझाव आयोगको सदस्य पनि थिए । लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा जनप्रिय नेता अधिकारीको ८३ बर्षको उमेरमा फागुन १८ गते सनिबार राजधानीको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । बैठकले स्वर्गीय अधिकारीले राज्यलाई पुर्याएको योगदानको उच्च सम्मान गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दे एक मिनेट मौन धारण पनि गर्यो ।

 

प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बुधबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।

 

प्रतिनिधिसभा भरतमोहन अधिकारी

विशेष