मुख्य समाचार राजनीति

प्रधानमन्त्री ओलीले हेलिकप्टर दुर्घटनामा पर्ने सातै जनाका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने

प्रधानमन्त्री ओलीले हेलिकप्टर दुर्घटनामा पर्ने सातै जनाका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने

प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाका परिवारलाई आवश्यक आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । 

 

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको साझा संकल्पमा इमान्दारिताका साथ लाग्नु भएका मन्त्री अधिकारीसहित हेलिप्कटर दुर्घटनामा परी निधन हुनु भएका सातै जनाको परिवारको अवस्थाबारे अध्ययन भईरहेको उल्लेख गर्दै छिट्टै आवश्यक आर्थिक सहायता उपलब्ध गराउने बताए । बिहीबार मन्त्री अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमम बोल्दै उनले लोकतन्त्रको सफल कार्यान्वयन, मुलुकको विकास र समृद्धिको अभियानमा इमान्दार प्रयास गर्नु भएका मन्त्री अधिकारी, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालगायतको निधनबाट सिंगो मुलुक मर्माहत भएको उल्लेख गर्दै उनीहरुले अघि बढाएक राष्ट्र निर्माणको बाँकि कामलाई बाँचेकाहरुले पूरा गर्नुपर्ने पनि स्पष्ट पारे ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेएका प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले मन्त्रीको रुपमा एक वर्षमा कसैले पनि उपेक्षा गर्न नसक्नेगरी असाधारण काम गरेको स्मरण गराए । उनले नेपालको पर्यटन, संस्कृति र नागरिक उडड्यनको क्षेत्रमा रविन्द्र अधिकारीले मन्त्रीको रुपमा निर्वाह गरेको भूमिका अविष्मरणीय रहिरहने पनि बताए । प्रधानमन्त्री ओलीले पूर्व अर्थमन्त्री अधिकारीलाई नेपालको कम्युनिष्ट  आन्दोलनको अभियन्ता र ६ दशक लामो नेपालको लोकतान्त्रिक आन्दोलनको योद्धाको रुपमा चित्रण गरे ।

 

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले  मन्त्री अधिकारी र पूर्व मन्त्री अधिकारीको निधनबाट मुलुकलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै शोकलाई शक्तिमा बदलेर मुलुक निर्माणको अभियानमा जुटन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । उनले पीडित परिवारलाई पनि शोकलाई शक्तिमा बदलेर दिवंगत आफ्न्तको राष्ट्र निर्माण गर्ने अधुरा सपना पूरा गराउन अग्रणी भूमिका निर्वाह गर्न आग्रह गरे । अध्यक्ष दाहालले मन्त्री अधिकारी, पूर्व अर्थमन्त्री अधिकारी तथा हेलिकप्टर दुर्घटनामा परी निधन हुनु भएकाहरुको अधुरा सपना पूरा गर्न आफू प्रतिवद्ध भएर लाग्ने संकल्प पनि गरे ।

 

अध्यक्ष दाहालले भरतमोहन अधिकारीलाई निष्ठावान नेताको रुपमा चित्रण गरेका थिए भने रविन्द्र अधिकारीलाई मुलुकलाई समृद्ध बनाउन संकल्प लिएका युवा नेताको रुपमा स्मरण गरेका थिए ।

हेलिकप्टर दुर्घटना

विशेष