अन्तरवार्ता भिडियो

कुनैपनि बेला राजनीतिक दुर्घटना हुनसक्ने, एक देश, दुई दल र तीन प्रदेश नै दीर्घकालिन समाधान (भिडियोसहित)

कुनैपनि बेला राजनीतिक दुर्घटना हुनसक्ने, एक देश, दुई दल र तीन प्रदेश नै दीर्घकालिन समाधान (भिडियोसहित)

कैलाली टीकापुर काण्डको फैसलापछि मुलुकमा नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ । राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै बिद्रोहको घोषणा गरेपछि राजनीतिका पण्डितहरुले अनेकौं अड्कलबाजी सुरु गरेका छन् । 

 


मधेशमा मधेशी नेतृत्वबिरुद्ध नै बिद्रोह 


राजनीतिक बिश्लेषक एवम् मधेश मामिला बिज्ञ डाक्टर राजेश अहिराजका अनुसार यीनै नेता, यही आचरण र यही व्यवस्थाबाट मुलुकले निकास पाउने छैन । प्रवृति यस्तै रहे मधेशमा केही बर्षभित्र बिद्रोहको ज्वारभाटा सृजना हुने र त्यसले मुलुकलाई गृहयुद्धमा लैजाने छ । यसका लागि अहिले बिभिन्न देशहरुले बिभिन्न नाममा मधेशमा पैसाको खोलो बगाइरहेका छन् । 

 


मधेश केन्द्रीत दल र तीनका नेताहरुबिरुद्ध नै मधेशमा बिद्रोह सुरु हुने अहिराजको दाबी छ । मधेशका नाममा आफनो मात्र स्वार्थ पूर्ती गर्नेतर्फ लागेकाले उनीहरुको भविश्य नभएको अहिराज बताउँछन् । 

 


मधेशले ‘समभाव’  खोजेको छ 


डा. अहिराज भन्छन्, ‘मधेशी जनताले ‘समभाव’ मात्र खोजेका छन् । केन्द्र सरकारले बिभेदरहित ढंगले सम्मानजनक व्यवहार मात्रै गरेपनि धेरै समस्याको समाधान हुन्छ । ’


बिगतदेखि बर्तमानसम्म सबै शासकबाट मधेशी जनताले अपहेलित महसुस गरेकाले उनीहरुको मनमै यो भावना जागृत गराउन अपरिहार्य छ । मधेशका प्रतिनिधि हुँ भन्नेहरु कसैले पनि मधेश र मधेशी  जनताको मान राख्न सकेका छैनन् । ‘उनीहरुले केवल सोझा जनताको भावनासंगै लाशमाथि टेकेर आफनो स्वार्थको रोटी मात्र सेके  । ’ अहिराज बताउँछन् । 

 


भयङ्कर राजनीतिक दुर्घटना हुनसक्ने


केन्द्र, प्रदेश र स्थानीय तह जताततै बेथिती मात्र व्याप्त रहेकाले जनता आजित भैसकेका छन् । जनतालाई बहुदलिय प्रजातन्त्र वा एक दलिय शासन व्यवस्थासंग अब कुनै मतलब छैन । 


यसकारण मुलुकमा चर्चा चलेजस्तो पूर्व राजा, सेना वा अरु कुनै राजनीतिक शक्तिको प्रवेश हुने कुरालाई नकार्न नसकिने अहिराज बताउँछन् । उनी भन्छन्, ‘कुनैपनि बेला यहाँ भयंकर राजनीतिक दुर्घटना हुनसक्छ, जनताले त्यसलाई स्वीकार गर्ने स्थिति हुनसक्छ । ’

 


एक देश, दुई दल र तीन प्रदेश नै दीर्घकालिन निकास

 


अहिलेको सात प्रदेशको व्यवस्था नेताहरुको व्यवस्थापनका लागि मात्र भयो । डा. अहिराज प्रश्न गर्छन्, ‘ के देश नेता र कर्मचारीलाई तलब बाँडन मात्र हो ?’
सात प्रदेश मुलुकले धान्न नसक्ने भएकाले आम नेपाली को भूमी , भावना र भविश्य को सुनिश्चितता का लागि एक देश , दुई दल ( दक्षिणपंथी , बामपंथी ) र तिन प्रदेश नै दीर्घकालिन समाधानको उपाय हुनसक्ने उनी बताउँछन् । 


 

डा. राजेश अहिराज राजनीतिक बिश्लेषक एवम मधेश मामिला बिज्ञ

विशेष