राजनीति

सांस्कृतिक विविधता नेपालको पहिचान : प्रधानमन्त्री ओली

सांस्कृतिक विविधता नेपालको पहिचान : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन। ग्याल्बो ल्होसारको उपलक्ष्यमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्। 

 

प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैँमा गौरवको विषय भएको उल्लेख गरे। 'नेपाल आफैँमा एउटा सङ्ग्रहालय हो । यस भूगोलमा यति धेरै सांस्कृतिक विविधता छ, जो अन्यत्र पाइँदैन', प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, 'यी विविधतालाई संरक्षण गर्न सरकार सधैँ सकारात्मक छ ।' प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली ग्याल्बो ल्होसार

विशेष