सीके राउतले भने, ‘अब हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्दैनौं’ (भिडियाे सहित)
काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनका नेता सीके राउतले अब आफूहरू हिंसात्मक आन्दोलन गरेर समय खेर नफाल्ने बताएका छन् । जनताले चाहेको कुरा अब सजिलै गर्न सक्ने हुँदा उनले जनमत प्रयोग गरेर अधिकार हासिल गर्ने शक्ति जनताको हकमा भएको बताए ।
उनले जेलमा पुगेपछि स्वतन्त्रता कति महव्त्वपूर्ण हुने रहेछ भन्ने कुरा चाल पाएको बताए । उनले भने, ‘संविधानमा हामीले स्वतन्त्रता पाएका छौं । त्यसको मतलव जेल बसाइको क्रममा मात्र थाहा पाएँ ।’
१४ वर्ष जेल बसेका प्रधानमन्त्री के पी शर्मा ओलीलाई जेलको अनुभव सुनाउनु सूर्यकाे अगाडि दियाेजस्तै भएपनि यसबारे सरकारको ध्यानाकर्षण हुनुपर्नेमा उनले जोड दिए । उनले थपे, ‘उहाँहरुले एउटा कुरा बुझ्नपर्ने छ । जेलमा पूर्वाधारको कमी छन् । सबै बिरामी त्यहीँ हुन्छन् । जेल सुधार होस् भन्ने मेरो अपेक्षा छ ।’
सरकारपक्षसँग भएको यो सहमतिलाई सकारात्मक रुपमा लिएर अघि बढ्न उनले सुझाएका छन् । सकारातमक कुराको लागि सहकार्य गर्न आएको भन्दै उनले सम्वृद्ध देश बनाउनेतिर सबैजनाको चासो हुनुपर्ने बताए ।
सीके राउत