रोजगार

सशस्त्रमा खुल्यो ३ हजार २९७ का लागि जागिर, यी स्थानबाट दिन सकिन्छ आवेदन

सशस्त्रमा खुल्यो ३ हजार २९७ का लागि जागिर, यी स्थानबाट दिन सकिन्छ आवेदन

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले साधरणा समूहअन्तर्गत रिक्त रहेका तीन हजार २९७ जनाको लागि नयाँ भर्ना खुलाएको छ। शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सशस्‍त्र प्रहरी जवान पदमा आवेदन खुलाएको हो।

 

सशस्त्र प्रहरी बलले आवेदन दिन एक महिनाको अवधि अर्थात् २४ फागुनदिख २५ चैत २०७५ सम्मको समय तोकिएको छ। आवेदन दिनको लागि ५५ स्थान तोकिएको छ भने ३ बैशाख २०७६ मा परीक्षा संचालन गर्ने सार्वजनिक सूचनामा उल्लेख गरिएको छ। आवेदन दिनको लागि कम्तीमा आठ कक्षा उत्तीर्ण, पुरुष पाँच फिट दुई इन्च र महिला पाँच फिट हुनु पर्नेछ। पुरुषको लागि न्यूनतम ५० केजी र महिलाको लागि न्यूनतम ४२ केजी तौल अनिवार्य हुनु पर्ने छ।

सशस्त्र प्रहरी बल

विशेष