देश राजनीति

प्रचण्ड भन्छन्, ‘जनयुद्धमा नेपाली महिलाको सहभागिताले सामन्तवादको अन्त्य भयो’

प्रचण्ड भन्छन्, ‘जनयुद्धमा नेपाली महिलाको सहभागिताले सामन्तवादको अन्त्य भयो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकानमना दिएका छन्। प्रचण्डले शुभकामना सन्देशमा नेपालको राजनैतिक परिवर्तनमा नेपाली महिलाहरुले देखाएको संघर्षको कीर्तिमान नेपालको इतिहासमा मात्र होइन विश्व इतिहासमा स्वर्ण अक्षरले लेखिएको बताए ।

 

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘महान् जनयुद्ध र विभिन्न प्रकारका संघर्षहरुमा नेपाली महिलाहरुको नेतृत्व र सहभागिताले नै नेपाल सामन्तवादबाट मुक्त हुन सकेको हो। नेपाली महिलाहरुको आफ्नै त्याग, तपस्या र बलिदानबाट नै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आउन सफल भएको भयो। वर्तमान संविधानमा महिलाहरुको ३३ प्रतिशत संसदमा प्रतिनिधित्व सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलूकमा हाम्रो देश पर्न सफल भएको छ। देशमा राजनीतिक स्थायित्व पश्चात मूलुकको आर्थिक समृद्धिमा महिलाहरुको भूमिका महत्वपूर्ण छ। महिला माथि हुने सबै प्रकारका हिंसाहरुको कारणहरु मध्ये आर्थिक मुख्य हो। आर्थिक रुपमा महिला सबल नभई देश समृद्ध बन्दैन। महिलाहरुलाई शिक्षा र रोजगारमा समावेशी र समानुपातिक प्रणालीका अतिरिक्त विशेषाधिकारको व्यवस्था हुनु उत्तिकै जरुरी छ ।’

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड श्रमिक महिला दिवस

विशेष