राजनीति

‘प्रचण्ड पछि सिके राउत जिमा असाधारण निर्णय क्षमता देखे’ — प्रधानमन्त्री ओली

‘प्रचण्ड पछि सिके राउत जिमा असाधारण निर्णय क्षमता देखे’ — प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै सिके राउतमा असाधारण निर्णय क्षमता भएको बताएका छन् । आफूले यसअघि त्यस्तो क्षमता पुष्पकमल दाहाल(प्रचण्ड) मा देखेको उनले बताए । 

 

सानो मुटु र सानो हृदय भएको मानछेले हठात यस्तो निर्णय गर्न नसक्ने बताउँदै उनले भने, ‘यस्तै निर्णयहरू सानो मुटु, सानो हृदय भएको मान्छेले गर्न सक्दैन ।’

 

सिके राउतमा पनि प्रचण्ड जी जस्तैः अलिकति फरक निर्णय क्षमता देखेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘उहाँको पृथक राजनीतिक अवस्था थियो । शान्तिपूर्ण राजनीतिमा लाग्नुभयो, त्यसमा अडिग हुनुभयो । अर्को पृथकतावादी आन्दोलन थियो । राष्ट्रिय एकता र राष्ट्रिय समृद्धिको राजनीतिमा आफू प्रवेश गरेको र यसमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ।’

 

सिके राउट वेल एजुकेटेड, इञ्जिनियर, वैज्ञानिक पनि भएको र कताकता बाटो बिराउने हो कि भन्ने चिन्ता थियो ओलीलाई । टेक्नोक्रयाट मात्र होइन नभएर सिके राउत एउटा ‘थिंकर’ पनि भएको उनले बताए । 

केपी शर्मा ओली

विशेष