राजनीति

चैत २९ गते राजपाले जिल्लास्तरमा प्रदर्शन गर्ने    

चैत २९ गते राजपाले जिल्लास्तरमा प्रदर्शन गर्ने    

काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपालले चैत २९ गते जिल्लास्तरमा प्रदर्शन तथा कोणसभा गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रिय कार्यालय बबरमहलमा बसेको राजपा अध्यक्षमण्डलको बैठकले सबै जिल्लाका अध्यक्षमण्डललाई सर्कुलर जारी गरेको छ । ९ बुँदे माग राख्दै राजपाले प्रदर्शन गर्न लागेको हो । अध्यक्षमण्डल संयोजक शरतसिंह भण्डारीद्वारा जारी सर्कुलर पत्रमा लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, संविधान संशोधनको माग पुरा गर्नुपर्ने, निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्नेलगायतका माग राखिएको छ ।

विशेष